महान्यायाधिवक्ता सविता भण्डारीले दिइन् राजीनामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of महान्यायाधिवक्ता सविता भण्डारीले दिइन् राजीनामा

काठमाडौ । महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनले शुक्रबार राजीनामा दिएकी हुन्। भण्डारीलाई अघिल्लो सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्। तर, नयाँ सरकार गठन भएपछि उनले पद छाड्ने निर्णय लिएकी हुन्। सविता भण्डारी नेपालकी पहिलो महिला महान्यायाधिवक्ता हुन्।