बालेन मन्त्रिपरिषद्को वरीयतामा को पछि को ?

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन मन्त्रिपरिषद्को वरीयतामा को पछि को ?

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका छन् । उनले नेपालको संविधानको धारा ६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन र मन्त्रीहरूले शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि शुक्रबारै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद्को पहिलो वरीयतामा प्रधानमन्त्री बालेन छन् । उनले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैँसँग राखेका छन् ।

दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् । तेस्रो वरीयतामा गृहमन्त्री सुधन गुरुङ छन् । १५औँ अर्थात् अन्तिम वरीयतामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी छिन् ।