मुस्ताङ हेलिकोप्टर दोलखामा सम्पर्कविहीन

User Image Prime TV News १ हप्ता अगाडि
Image of मुस्ताङ हेलिकोप्टर दोलखामा सम्पर्कविहीन

काठमाडौ । मुस्ताङ हेलिकोप्टर प्रा.लि.को हेलिकोप्टर शुक्रबार दिउँसो साढे १ बजेबाट दोलखाको लाप्चा चरिकोट क्षेत्रमा सम्पर्कविहीन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, कलसाइन एन–एएनओ हेलिकोप्टरमा पाँच जना सवार रहेका थिए। हेलिकोप्टर बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो।

हाल खोज र उद्धारका लागि प्रयास जारी रहेका छन् र थप विवरण आउन बाँकी छ।