गृहमन्त्री सुधन गुरुङले भने अब देश जेनजी जनादेश अनुसार अघि वढ्छ

User Image Prime TV News १ हप्ता अगाडि
Image of गृहमन्त्री सुधन गुरुङले भने अब देश जेनजी जनादेश अनुसार अघि वढ्छ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले अब देश जेनजी जनादेश अनुसार अघि बढ्ने बताएका छन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन ।

उनले भने, “गलत गर्ने कसैलाई छुट छैन।” साथै भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् । यस्तै उनले अब सेवा प्रवाह एकद्वार प्रणालीबाट हुने व्यवस्था हुने जनाएका छन् । एक ठाउँमा निवेदन दिएपछि अन्य कार्यालयमा धाउन नपर्ने गरि सेवा प्रवाह गर्ने ब्यवस्था गर्ने बताए ।

मन्त्री गुरुङले घुस वा अन्य अवैध माग भए तत्काल खबर गर्न जनतालाई अनुरोध समेत गरे। साथै प्रहरीलाई पनि नियम अनुसार काम गर्न निर्देशन दिएका छन्। गृहमन्त्रीले जेनजी आन्दोलनका क्रममा आफ्ना एकमात्र सन्तान गुमाएकी रचना खतिवडा खत्री, खुट्टा गुमाएका आन्दोलनकारी र सहिद परिवारसँग भेट गर्दै समवेदना व्यक्त गरेका छन्।