प्रधानमन्त्री बालेन शाहलाई मोदीको बधाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेन शाहलाई मोदीको बधाई

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। शुक्रबार दिउँसो फेसबुकमार्फत मोदीले बालेनलाई बधाई दिएका हुन् । 

बधाई दिदै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री पदमा सपथ ग्रहण हुनु नेपाली जनताको विश्वासको प्रतीक भएको बताएका छन् । साथै उनले मोदीले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउन बालेनसँग मिलेर काम गर्न उत्सुकता पनि व्यक्त गरेका छन्।

उनले भनेका छन्, “भारत–नेपालबीचको मित्रता र सहकार्य दुवै देशका जनताको हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु।”