अर्थमन्त्री वाग्लेले गरे १५ वटा ऐन खारेज गर्ने निर्णय

User Image Prime TV News १ हप्ता अगाडि
Image of अर्थमन्त्री वाग्लेले गरे १५ वटा ऐन खारेज गर्ने निर्णय

काठमाडौ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद सम्हालेसँगै पहिलो निर्णय गर्दै १५ वटा ऐन खारेज गर्ने तयारी गरेका छन्। उनले राजस्व अनुसन्धान विभाग पनि खारेज गर्ने घोषणा गरेका छन्।

अर्थमन्त्री वाग्लेले १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन्। उनले भने, “राज्यले स्वीकारेका धेरै कुरा कार्यान्वयन गर्न कार्यदल गठन गरेका हौं।”

कार्यदलले पुराना कानुन अध्ययन गरी आवश्यक सुधार र खारेजी प्रक्रिया अघि बढाउनेछ। साथै, वाग्लेले निजी व्यवसायलाई सुरक्षित वातावरण दिने, ठूला आयोजना तीव्र गतिमा अघि बढाउने र बजेटमा केन्द्रित हुने योजना रहेको बताएका छन्।

उनले अर्थतन्त्रमा केही समस्या भए पनि सुधार सम्भावना रहेको र प्रणालीगत चुनौती समाधान गर्दै अर्थतन्त्रलाई बलियो बनाउने प्रतिवद्धता जनाएका छन्।