नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । प्रधानमन्त्री बालेन शाहले पद र गोपनीयताको शपथ लिए संगै नब नियुक्त मन्त्रीहरुले पनि पद र गोपनीयताको शपथ लिएका थिए ।
प्रधानमन्त्री बालेन शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निर्णय गरेका छन्। यस्तै, अन्य मन्त्रीहरूलाई विभिन्न मन्त्रालयहरूको जिम्मेवारी दिइएको छ । स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार र सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्री, खड्कराज पौडेल (गनेश) पर्यटनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान र प्रविधि तथा युवा र खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य र जनसङ्ख्या मन्त्री, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रममन्त्री, सोविता गौतम कानुन मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
आजको शपथ ग्रहण समारोहमा मुलुकका उच्चपदस्थ अधिकारीहरू र कूटनीतिक नियोगका प्रमुखहरू समेत उपस्थित थिए।












