बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गरे, नयाँ शैलीमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गरे, नयाँ शैलीमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शुक्रबार बिहान १२:३२ बजे प्रधानमन्त्रीको पदको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

यो शपथ ग्रहण समारोहमा बालेनले नयाँ प्रयोग गरे। शपथ लिने क्रममा उनले शंख बजाउने, बटुकहरूबाट स्वस्तिवाचन गराउने र भिक्षुहरूबाट अष्टमंगल पाठ गराउने जस्ता वैदिक परम्परालाई समावेश गरे। यसका साथै, सातवटा शंखबाट शंखनाद गरिएको थियो, जुन हिन्दु धर्मका अनुसार पूर्णता र समृद्धिको प्रतीक मानिन्छ।

यस्तै उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो । शपथ समारोहमा मुलुकका उच्चपदस्थ अधिकारीहरू, कूटनीतिक नियोगका प्रमुख र समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए।

यो नयाँ शैलीको प्रयोग पहिलो पटक प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा गरिएको हो।