ट्रम्पले इरानविरुद्ध आक्रमण फेरि १० दिनकालागि स्थगित गरे

User Image Prime TV News १ हप्ता अगाडि
Image of ट्रम्पले इरानविरुद्ध आक्रमण फेरि १० दिनकालागि स्थगित गरे

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा केन्द्रमा गर्ने भनिएको आक्रमण १० दिनका लागि स्थगित गर्ने निर्णय गरेका छन्। उनले इरानसँग जारी वार्ता सकारात्मक रहेको भन्दै यो समय लम्ब्याएको बताएका छन्।

ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए। तर, वार्ता र मध्यस्थताका प्रयास भइरहेकाले आक्रमण अप्रिलको पहिलो सातासम्म स्थगित गरिएको हो। यसबीच पाकिस्तानले मध्यस्थको भूमिका खेल्दै युद्धविरामका प्रयास गरिरहेको छ।

अमेरिकी प्रस्तावमा इरानले परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टी बन्द गर्ने, हर्मुज मार्ग खुला गर्ने र ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने जस्ता सर्त पूरा गर्नुपर्ने उल्लेख छ। तर, इरानले अमेरिकाबाट आक्रमण नहुने ग्यारेन्टी र अन्य शर्तहरू राख्दै काउन्टर प्रस्ताव पनि पेश गरेको छ।

अमेरिकाले वार्ता अगाडि बढाउन उपराष्ट्रपति जेडी भान्सलाई इरानमा पठाउने तयारी गरेको छ। यसअघि फेब्रुअरीमा पनि ओमानमार्फत वार्ता भएको थियो। यसरी, हालैको निर्णयले मध्यपूर्वमा तनाव केही समयका लागि घट्ने अपेक्षा गरिएको छ।