सुन र चाँदीको भाउ फेरि घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुन र चाँदीको भाउ फेरि घट्यो

काठमाडौ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर आज २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको छ।

हिजो पनि सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको थियो। गत साताका ६ दिनमा सुनको मूल्य ३६ हजार रुपैयाँ घटिसकेको छ। यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँमा पुगेको छ। माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेको थियो। चाँदीको मूल्य माघ १५ मा सात हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ।