कार्की सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरि विदा भए

User Image Prime TV News १ हप्ता अगाडि
Image of कार्की सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरि विदा भए

काठमाडौ । जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरी पदबाट बिदा लिएका छन् । प्रधानमन्त्री कार्की र उनका मन्त्रीहरूले सार्वजनिक पदमा रहेको बेला सम्पत्ति विवरण सार्वजनिक गर्ने कानूनी प्रावधानलाई पालना गरेका छैनन्।

कार्कीले रक्षा, सञ्चार र सूचना प्रविधि, शिक्षा, विज्ञान र प्रविधि, युवा र खेलकुद मन्त्रालय सम्हालेकी थिइन्। यसैगरी कार्की सरकारमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकास, खानेपानीमन्त्री मदनप्रसाद परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकासमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ र परराष्ट्रमन्त्री बालानन्द शर्मा रहेका थिए ।

उनीहरु सबै  सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका हुन् । नेपालको निजामती सेवा ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार, सार्वजनिक पदमा बहाल हुने व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छ। यस अवस्थामा, जेनजी आन्दोलनको मागका साथ बनेको सरकारको मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेकोले पारदर्शिता र सुशासनको सवाल उठेको छ।