डीपी अर्याल सभामुख बन्ने सहमति
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन्।
पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहबीच भएको सहमतिपछि अर्याललाई सभामुख बनाउने निर्णय गरिएको हो। अर्याल पहिले गृहमन्त्री बन्ने चर्चामा थिए। तर, सो मन्त्रालयका लागि सुदन गुरुङले आफ्नो दाबी नछोडेपछि नयाँ निर्णय गरिएको हो।
अन्ततः सहमतिका आधारमा डीपी अर्याल सभामुख बन्न राजी भएका छन्। अब उनको नाम औपचारिक रूपमा प्रस्ताव गरिने तयारी गरिएको छ।












