बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण आजै मध्याह्न हुने तयारी गरिएको छ। राष्ट्रपति भवन शीतलनिवासमा आज दिउँसो १२:३४ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। सो समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने बताइएको छ । 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो बसेको बैठकबाट बालेन शाहलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको थियो। नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।