बालेन शाहले सार्वजनिक गरेको 'जय महाकाली' गीतले युट्युबमा नयाँ कीर्तिमान

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन शाहले सार्वजनिक गरेको 'जय महाकाली' गीतले युट्युबमा नयाँ कीर्तिमान

काठमाडौ । बालेन शाहले सार्वजनिक गरेको जय महाकाली गीतले युट्युबमा नयाँ कीर्तिमान बनाएको छ।

बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले २४ घण्टा नपुग्दै २३ लाखभन्दा बढी भ्यूज पाएको छ। यससँगै यो नेपाली गीतमध्ये २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने गीत बनेको छ।

यसअघि जाने भए जाम माया गीतले १६ लाख ३६ हजार भ्यूजसहित रेकर्ड राखेको थियो। त्यस्तै आइन आमा यो तीजमा गीतले १५ लाख भ्यूज पाएको थियो। तर बालेनको नयाँ गीतले ती सबै रेकर्ड तोडेको छ।

रिलिज भएको ३ घण्टामै ‘जय महाकाली’ ले १० लाख भ्यूज पार गरेर सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने गीतसमेत बनेको छ।

यो गीतको अडियो ११ वर्षअघि नै सार्वजनिक भएको भए पनि अहिले पुनः रिमास्टर गरेर भिडियोसहित रिलिज गरिएको हो। भिडियोमा बालेनको चुनावी अभियानका दृश्यहरू समावेश छन्।

प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा गीत सार्वजनिक गरिएकाले यसले झनै चर्चा पाएको देखिएको छ।