नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, चट्याङ्ग, हावाहुरी सहित मध्यम वर्षा हुने सम्भावना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव परेको छ।
आज दिउँसो हिमाली क्षेत्रमा धेरैजसो स्थानमा बादल लाग्नेछ। पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा धेरै ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। अन्य प्रदेशका केही स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ।
आज राति पनि हिमाली क्षेत्रमा धेरैजसो स्थानमा बादल लाग्नेछ भने मधेस प्रदेश लगायत पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका केही स्थानमा पनि चट्याङ्ग र हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।













