स्थलगत आक्रमण भए कडा जवाफ दिने इरानको चेतावनी

User Image Prime TV News १ हप्ता अगाडि
Image of स्थलगत आक्रमण भए कडा जवाफ दिने इरानको चेतावनी

काठमाडौ । इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ। यदि अमेरिकाले जमिनबाट आक्रमण गरे इरानले बलियो र कडा जवाफ दिने जनाएको छ।

इरानको एक सैन्य स्रोतका अनुसार सम्भावित युद्धको तयारी स्वरूप देशमा लड्ने उत्साह बढेको छ। करिब १० लाख लडाकु तयार पारिएको दाबी गरिएको छ। तीमध्ये धेरैजसो युवा छन्, जो स्वेच्छाले सेनामा सहभागी हुन अघि बढिरहेका छन्।

यी लडाकुहरू बासिज फोर्स, इरानी रिभोलुसनरी गार्ड र नियमित सेनामार्फत परिचालन भइरहेका छन्। त्यस्तै, इरानले होर्मुज जलमार्ग लाई लिएर पनि आफ्नो अडान स्पष्ट पारेको छ।

अमेरिकाले यो मार्ग खोल्न कुनै जोखिमपूर्ण कदम चाले त्यसको सामना गर्न आफूहरू तयार रहेको इरानले जनाएको छ। यो जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल मार्गमध्ये एक हो।

यो तनावको सुरुआत भने अमेरिका र इजरायलले २०२६ फेब्रुअरी २८ मा इरानमाथि गरेको हवाई आक्रमणपछि भएको हो। त्यसयता दुवै पक्षबीच मिसाइल र ड्रोनमार्फत लगातार आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।

इरानले आफ्नो नेतृत्वमाथि भएको आक्रमणको बदला लिन कडा रणनीति अपनाइरहेको बताएको ।