कार्की आयोगको प्रतिवेदन अपूर्ण छः नेपाली कांग्रेस
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलनबारे प्रतिवेदन प्रारम्भिक रूपमा अपूर्ण भएको प्रतिक्रिया दिएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सानेपामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक भएको प्रतिवेदनमा प्रारम्भिक प्रतिक्रिया भन्दै भदौ २३ को विषयमा मेहनत गरे पनि भदौ २४ को विषय धेरै छुटेको बताए ।
उनले भने, ‘यो प्रारम्भिक प्रतिक्रिया हो । प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण देखियो । भदौ २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएको छ । यो प्रतिवेदन थप अध्ययन गर्छौ, कानुनविदहरुसँग छलफल गर्छौ’, चालिसेले भने ।
उनले सबै प्रतिवेदनको विस्तृत अध्ययन पछि मात्रै कांग्रेसले थप धारणा सार्वजनिक गर्ने बताए।












