रास्वपाको केन्द्रीय समिति बैठकमा बालेन शाह पहिलो पटक सहभागी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन शाह पहिलो पटक सहभागी भएका छन्। बिहीबार च:मतिमा बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने पनि उपस्थित थिए।
बैठकमा संसदीय दल गठन र बालेन शाहलाई दलको नेता बनाउनेबारे छलफल भएको थियो। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै सभापतिद्वारा गरिएको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको बताए।












