गणतन्त्रमा जसले जिते पनि आफ्नो जितकै रूपमा लिएको छुः प्रचण्ड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै सम्पन्न निर्वाचनलाई सकारात्मक रूपमा लिएको बताएका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणतन्त्रमा जसले जिते पनि त्यसलाई आफ्नो जितकै रूपमा हेर्ने बताएका हुन्।
उनले नयाँ संविधान अन्तर्गत शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरे। साथै बहुमत ल्याएर सरकार गठनतर्फ अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई र शुभकामना पनि दिएका छन्।
प्रचण्डले अब बन्ने सरकारलाई राम्रो काममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले देश र जनताको हितमा हुने सकारात्मक काममा सधैं साथ रहने बताए। वामपन्थी दलहरूले अपेक्षित सफलता नपाएको विषयमा प्रतिक्रिया दिँदै उनले गणतन्त्रमा जसले जिते पनि त्यो समग्र प्रणालीकै जित भएको बताएका छन्।












