एमाले अध्यक्ष ओलीले नवनिर्वाचित सांसदलाई पार्टी कार्यालयमा बोलाए

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले अध्यक्ष ओलीले नवनिर्वाचित सांसदलाई पार्टी कार्यालयमा बोलाए

काठमाडौ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि, एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाएका छन्।

पार्टी सचिव डा. भीष्म अधिकारीका अनुसार, दिउँसो ३ बजे सांसदहरूलाई बोलाइएको हो। उनले बताएअनुसार, अध्यक्षले नयाँ परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने भन्ने सल्लाह र सुझाव दिने बताइएको छ ।

सचिव अधिकारीले भने, “ठ्याक्कै यसैका लागि बोलाइएको होइन, तर नयाँ अवस्थामा पार्टीको योजना र मार्गदर्शनका लागि बोलाइएको हो। प्रतिनिधिसभामा एमालेका २५ सांसद निर्वाचित भएका छन्।”