प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज आफ्नो शपथ ग्रहण सम्पन्न गरेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई पद एवं गोपनियताको शपथ दिलाएका हुन्।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सांसदहरुलाई स्वागत गर्दै, निर्वाचन आयोगले चैत ५ गते प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएको जानकारी दिएका छन्। उनले बानेश्वरस्थित संसद भवन जनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको र नयाँ भवन अझै तयार नभएकाले संसद सचिवालय अहिले विलखबन्दमा सञ्चालनमा रहेको बताए।
बहुउद्देश्यीय हललाई तत्काल उपयोग गर्न योग्य बनाउन हतारहतार निर्माण गरिएको पनि उनले जानकारी दिए। संसद्मा निर्वाचित सदस्यले पहिलो बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने प्रावधान अनुसार आजको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।












