सरकारले गर्ने राम्रा काममा सहयोग गर्छः ज्ञानेन्द्र शाही
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने राम्रा काममा आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन्।
शपथ ग्रहणका लागि सिंहदरबार पुगेका शाहीले संसदमार्फतै जनताको समस्या समाधान हुने विश्वास व्यक्त गरे। शाहीले भने, “पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस्। हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौँ।”
उनले राप्रपा राष्ट्रको हितमा हुने कामको पक्षमा सधैं उभिने पनि बताए।












