एइसीसीले बानेश्वमा नयाँ शाखा खोल्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of एइसीसीले बानेश्वमा नयाँ शाखा खोल्यो

काठमाडौ । शिक्षा परामर्शदाता संस्था एइसीसीले काठमाडौको बानेश्वरमा नयाँ शाखा खोलेको छ।

१७ वर्षदेखि विश्वभरका विद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने मार्गदर्शन र सहयोग प्रदान गर्दै आएको यो स‌स्थाले नयाँ शाखा विस्तार गरेसंगै विदेशमा अध्ययन गर्ने जाने विद्यार्थीहरुलाई सहज हुने जनाएको छ । 

२००८ मा स्थापना भएको एइसीसीले अहिले १४ देशमा ५० भन्दा बढी कार्यालयहरूसहित बहुराष्ट्रिय शिक्षा परामर्शदाता संस्था गरि सकेको छ । एइसीसीले जनाए अनुसार सात लाख भन्दा बढी विद्यार्थीलाई विदेशमा अध्ययनका लागि सहयोग गरेको दावी गरेको छ ।

नेपालमा एइसीसीले डिल्लीबजार, पोखरा र चितवनमा शाखा सञ्चालन गर्दै आएको छ। नयाँ बनेंशवर शाखामा विद्यार्थीहरूले सबै अध्ययन विदेश सेवाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।