जेन्जी आन्दोलनमा टीओबी ग्रुपले दर्शनकारीलाई उक्साउने र हिंसा भड्काउने काम गरेको कार्की आयोगको ठहर

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेन्जी आन्दोलनमा टीओबी ग्रुपले दर्शनकारीलाई उक्साउने र हिंसा भड्काउने काम गरेको कार्की आयोगको ठहर

काठमाडौ । भदौ २३ र २४ गते राजधानीमा भएको जेन्जी आन्दोलनका क्रममा टीओबी ग्रुपका सदस्यहरूले नयाँ बानेश्वरमा प्रदर्शनकारीलाई उक्साउने र हिंसा भड्काउने काम गरेको कार्की आयोगले ठहर गरेको छ । 

प्रतिवेदनअनुसार, भदौ २३ गते चाबहिल ओम अस्पताल नजिकबाट धोबीखोला कोरिडोर हुँदै बिजुली बजारतर्फ आएका टीओबी ग्रुपका सदस्यहरूले नयाँ बानेश्वरमा प्रदर्शनकारीलाई उक्साउने र हिंसा भड्काउने काम गरेको जनाएको छ । टीओवी ग्रुपलाई आयोगले फौजदारी संहिता दफा ३५ अनुसार उनीहरूमाथि मुद्दा चलाउन सिफारिस गरेको छ।

त्यसैगरी, सोही दिन संसद् भवन परिसरमा गोली चलेको घटनामा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारी र जवानलाई पनि जिम्मेवार बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

भदौ २४ गते पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरूको घरमा भएको आक्रमण र आगजनीलाई मात्र जनआक्रोश भन्न नमिल्ने आयोगले जनाएको छ। देउवा निवासमा भेटिएको ठूलो रकमको स्रोत र वैधानिकता जाँच गर्न गहिरो अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले तोडफोड, लुटपाट र आगजनीमा राजनीतिक दलका नेता र कार्यकर्ताहरूको पनि संलग्नता पाइएको जानकारी दिएको छ। अनुसन्धानमा सीसीटीभी फुटेज, श्रव्य–दृश्य सामग्री र नेपाल टेलिकम तथा एनसेलबाट प्राप्त बीटिएस डाटा मुख्य आधार बनेको छ।