गृहप्रशासन जिम्मेवारीबाट विमुख हुँदा जेनजी आन्दोलन उग्रः कार्की आयोग प्रतिवेदन

User Image Prime TV News १ हप्ता अगाडि
Image of गृहप्रशासन जिम्मेवारीबाट विमुख हुँदा जेनजी आन्दोलन उग्रः कार्की आयोग प्रतिवेदन

काठमाडौ । भदौ २३ गते ‘जेनजी आन्दोलन’को क्रममा संघीय संसद् भवन अगाडि भएको हिंसात्मक घटनामा ठूलो मानवीय क्षतिको मुख्य जिम्मेवारी तत्कालीन गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्ण मणी दवाडीमा परेको जाँचबुझ आयोगको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार, गृहमन्त्री र गृह सचिवले आफ्नो पदीय जिम्मेवारीबाट विमुख हुँदा आन्दोलन उग्र बनेको थियो। उनीहरूले सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा प्रहरी र सशस्त्र प्रहरीबीच समन्वयको खाडल आएको थियो।

गृहमन्त्री लेखकले सुरक्षा मूल्याङ्कन, कानुनी सुधार र गैर-घातक हतियार उपलब्ध गराउने जिम्मेवारीमा असफल रहेका थिए। चार घण्टासम्म चलेको झडपमा उनले तनाव कम गर्न सिज फायर आदेश वा सेनासँग समन्वय गर्न कुनै पहल नगरेको प्रतिवेदनले देखाएको छ।

सुरक्षा प्रशासनको नेतृत्व सम्हालेका गृह सचिव दुवाडीले पनि अवस्था बिग्रँदै गए पनि कुनै सक्रिय कदम उठाएनन्। आवश्यक लजिस्टिक सपोर्ट र गैर-घातक हतियारको व्यवस्था गर्न उनी असफल रहे। आयोगले गृह मन्त्रालयको नेतृत्वमा देखिएको ‘लिडरसिप भ्याकुम’का कारण घटना हिंसात्मक बनेको र धेरै युवाहरू घाइते भएको निष्कर्ष निकालेको छ।

संसद् भवन परिसरमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा धेरैको ज्यान गएको र सयौँ घाइते भएको प्रतिवेदनले जनाएको छ।