सपथ ग्रहण अघि राप्रपाका सांसदहरुले गरे पशुपतिनाथ मन्दिरमा दर्शन

User Image Prime TV News १ हप्ता अगाडि
Image of सपथ ग्रहण अघि राप्रपाका सांसदहरुले गरे पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसदको सपथ ग्रहणअघि बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्।

सांसदहरूमा संसदीय दलका नेता ज्ञाने, खुस्वु ओली, भरत गिरी र सरस्वती लामा रहेका थिए। दर्शनपछि नेता शाहीले भने, “हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं।” उनले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि बताए।

राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। सांसदहरूले संसद प्रवेशअघि धार्मिक स्थलमा पुगेर आशीर्वाद लिएको यो भ्रमणलाई पार्टीले आफ्नो राजनीतिक प्रतिबद्धतासँग जोडेर हेरेको छ।