जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनको पूर्ण पाठ

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनको पूर्ण पाठ

काठमाडौ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुअघि नै बाहिरिएको छ।

सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिरहेको अवस्थामा ‘जनआस्था साप्ताहिक’ ले प्रतिवेदन हात पारेर बिहानैदेखि त्यसका मुख्य विवरण सार्वजनिक गर्न थालेको हो। यससँगै अन्य सञ्चारमाध्यमहरूले पनि प्रतिवेदनका विभिन्न अंश सार्वजनिक गर्न थालेका छन्, जसले यसको सामग्री तीव्र रूपमा बाहिर आउन थालेको देखिएको छ।

प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नहुँदै बाहिरिनुले सरकारको गोपनीयता र काम गर्ने शैलीमाथि प्रश्न उठाएको छ।