कार्की आयोगको प्रतिवेदन निष्पक्ष देखिएन एमाले महासचिव पोखरेल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले आयोग निष्पक्ष छानबिनका लागि नबनेको कुरा प्रतिवेदनले नै देखाएको दाबी गरेका हुन्।
उनले प्रतिवेदन एकपक्षीय रहेको टिप्पणी पनि गरेका छन्। पोखरेलले आम निर्वाचन ०८२ र आयोगको प्रतिवेदन दुवैमा अल्गोरिदमको प्रभाव देखिएको बताएका छन्। उनका अनुसार यसले नेपाली समाजमा असर पारेको छ।
उनले यी घटनापछि नेपाली राजनीति नयाँ मोडमा पुगेको पनि बताएका छन्। नयाँ शक्तिको उदय भएको र अबको राजनीतिक यात्रा सजिलो नहुने उनको भनाइ छ। उनले देश र लोकतन्त्रले केही समय चुनौती सामना गर्नुपर्ने बताए। साथै, नयाँ शक्तिलाई काम गर्ने अवसर दिनु र जनताले मूल्याङ्कन गर्न पाउनु उचित हुने उनले बताएका छन्।
तर उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधान नभएको पनि स्पष्ट पारेका छन्।












