कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मा अब नयाँ बन्ने सरकारको काँधमाः बाबुराभ भट्टराई

User Image Prime TV News १ हप्ता अगाडि
Image of कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मा अब नयाँ बन्ने सरकारको काँधमाः बाबुराभ भट्टराई

काठमाडौ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटनाबारे बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनु राम्रो कदम भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ढिलो भए पनि प्रतिवेदन सार्वजनिक गर्ने निर्णय सकारात्मक भएको बताएका हुन्। ९०७ पृष्ठ लामो प्रतिवेदनले तत्कालीन समयका गम्भीर कमजोरीहरू देखाएको उनको भनाइ छ।

उनका अनुसार भदौ २३ गतेको घटनामा त्यतिबेलाको सरकारका केही गम्भीर गल्तीहरू देखिएका छन्। साथै, केही समूहले आन्दोलन भड्काउन योजनाबद्ध रूपमा काम गरेको पनि प्रतिवेदनले देखाएको उनले बताएका छन्। त्यसैगरी, भदौ २४ गतेको घटनामा राज्यका सबै निकाय असफल भएको कुरा प्रतिवेदनले स्पष्ट पारेको उनले उल्लेख गरेका छन्।

आयोगले दोषीलाई कारबाही गर्न, राम्रो काम गर्नेलाई पुरस्कार दिन र शासन सुधार गर्न विभिन्न सिफारिस गरेको छ। अब ती सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ बन्ने सरकारको काँधमा आएको उनले बताएका छन्। उनले देश र जनताको हितका लागि प्रतिवेदनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।