सुन र चाँदीको मूल्य घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुन र चाँदीको मूल्य    घट्यो

काठमाडौ । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको बताइएको छ।