हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा

User Image Prime TV News १ हप्ता अगाडि
Image of हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा

काठमाडौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ।

बागमती प्रदेशको हिमाली क्षेत्रमा पनि बादल लागेको छ। अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली क्षेत्रमा बादल लाग्नेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही ठाउँमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। अन्य पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा पनि यस्तै अवस्था आउन सक्छ।

आज राति पनि हिमाली क्षेत्रमा बादल लागिरहनेछ। पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।