इरानले अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आफ्नै सर्त अघि सार्‍यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of इरानले अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आफ्नै सर्त अघि सार्‍यो

काठमाडौ ।इरानले अमेरिकाले पठाएको युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ। इरानले उक्त प्रस्ताव वास्तविक अवस्थासँग मेल नखाने भन्दै त्यसमा सहमत हुन नसक्ने स्पष्ट पारेको हो।

अमेरिकाले मध्यस्थकर्ता राष्ट्रमार्फत पठाएको १५ बुँदे प्रस्तावमा परमाणु कार्यक्रम रोक्ने, मिसाइल कार्यक्रम सीमित गर्ने र अन्तर्राष्ट्रिय निगरानी बढाउने जस्ता सर्तहरू राखिएका छन्। यो प्रस्ताव डोनाल्ड ट्रम्पको पहलमा तयार गरिएको बताइएको छ।

तर इरानले भने आफ्नै पाँच सर्त अघि सारेको छ। इरानका अनुसार सबै सैन्य आक्रमण तुरुन्त रोकिनुपर्छ। साथै, आफ्ना वैज्ञानिक र नेतामाथि हुने लक्षित हत्या बन्द हुनुपर्ने माग गरिएको छ।

त्यस्तै, भविष्यमा फेरि युद्ध नहोस् भनेर भरपर्दो अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको इरानले जनाएको छ। युद्धका क्रममा भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ति पनि माग गरिएको छ।

इरानले सबै मोर्चामा युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने र  होर्मुज जलमार्गमा आफ्नो अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने सर्त पनि राखेको छ।इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जवाफी कारबाही जारी राख्ने चेतावनी दिएको छ ।