प्रधानमन्त्री कार्कीले सार्वजनिक गर्ने भइन् कार्की आयाेगकाे प्रतिवेदन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सुशीला कार्कीले तीन वटा महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्।
उनले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने बताएकी छन्। यो प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा राखेर सबैका लागि खुला गरिनेछ।
यसअघि उनले नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय गरिसकेकी थिइन्।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको सुशासन मार्गचित्र, २०८२ पनि सार्वजनिक गरिनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार यी सबै प्रतिवेदन अब औपचारिक रूपमा सार्वजनिक गरिनेछन ।













