पेट्रोलियम पदार्थको मूल्य वृद्धि , पेट्रोल र डिजेलमा/मट्टितेलमा १५ रुपैयाँ वढ्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार मूल्य पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा/मट्टितेलमा १५ रुपैयाँ बढेको हो ।
मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो । भारतीय बजारमा मूल्य बढ्दा नेपाल आयल निगमलाई मार्च १६ देखि ३१ सम्म ५ अर्ब घाटा हुने देखिएको बताइएको छ ।
सो युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा रु. ५ अब घाटा हुने देखिएकाे निगमले जनाएकाे छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्राेल १८४.५० कायम हुनेछ। दोस्रो वर्ग अन्तर्गतसुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाडाैँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।













