कार्की आयोगको प्रतिवेदन: सुरक्षा निकायका उच्च अधिकारीमाथि कारबाही सिफारिस

User Image Prime TV News १ हप्ता अगाडि
Image of कार्की आयोगको प्रतिवेदन: सुरक्षा निकायका उच्च अधिकारीमाथि कारबाही सिफारिस

काठमाडौ । गत भदौ २३–२४ को घटनाबारे छानबिन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा निकायका उच्च अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। प्रतिवेदनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न अधिकारीलाई विभागीय कारबाही गर्न भनिएको छ।

नेपाल प्रहरीतर्फ एआईजी, डीआईजी, एसएसपी र एसपी तहका अधिकारीहरू कारबाही सिफारिसमा परेका छन्। सशस्त्र प्रहरीतर्फ पनि एआईजीदेखि एसपीसम्मका अधिकारीमाथि कारबाही गर्न भनिएको छ। त्यस्तै, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायत उच्च पदस्थ अधिकारीलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ।

प्रतिवेदनमा नेपाली सेनाका चार कमाण्डरलाई पनि जिम्मेवारी पूरा नगरेको भन्दै कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ। आयोगले सम्बन्धित कानुनअनुसार सबैलाई कारबाही गर्न सरकारलाई सुझाव दिएको छ।