जेनजी आन्दोलनमा घुसपैठ भएको देखिएको: पूर्व गृहमन्त्री लेखक

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजी आन्दोलनमा घुसपैठ भएको देखिएको: पूर्व गृहमन्त्री लेखक

काठमाडौ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको संकेत देखिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा उनले आन्दोलनका अगुवाहरूको अभिव्यक्तिबाटै यस्तो अवस्था देखिएको बताएका हुन्। 

जनआस्था अनलाईनले सार्वजनिक प्रतिवेदन अनुसार लेखकले अनुसार जेनजी पुस्ताले उठाएका मागहरू ठीक भए पनि त्यसमा घुसपैठ भएर हिंसात्मक घटना भएको उल्लेख गरेका छन् । उनले ऐतिहासिक र महत्वपूर्ण संरचनामाथि भएको आक्रमणलाई केवल आवेगको परिणाम मात्र भन्न नमिल्ने बताएका छन्।

उनले आन्दोलन अघि नै सामाजिक सञ्जालमार्फत असन्तुष्टि बढिरहेको जानकारी सुरक्षा निकायबाट प्राप्त भएको पनि बताएका छन्। लेखकले आफूले प्रत्यक्ष आदेश नदिए पनि नीतिगत निर्देशन र समन्वय गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पारेका छन्। उक्त प्रतिवेदन सरकारलाई बुझाइएको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन।