बुधबार नेप्से परिसूचक घट्यो, रिलायन्स स्पिनिङ्समा लगानीकर्तालाई नाफा

User Image Prime TV News १ हप्ता अगाडि
Image of बुधबार नेप्से परिसूचक घट्यो, रिलायन्स स्पिनिङ्समा लगानीकर्तालाई नाफा

काठमाडौ । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा पुगेको छ।

बुधबार नेप्सेमा कुल ३४५ कम्पनीका ३ करोड ५८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावर लिमिटेड को भएको छ, जसको कारोबार रकम ५२ करोड ४७ लाख रुपैयाँ छ।

आजको बजारमा रिलायन्स स्पिनिङ्स मिल्सका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। यस कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ। त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड का लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।