सडकमा बसेर जनताको सरकार चलाउछौः कुलमान घिसिङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सडकमा बसेर जनताको सरकार चलाउछौः कुलमान घिसिङ

काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम जनताको सरकार चलाउने बताएका छन् । 

बुधबार पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कायक्रममा अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उज्यालो नेपाललाई सडकमा बसेर आम जनताको सरकार चलाउने म्याण्डेड प्राप्त भएको बताए ।

अव सडकको सरकार उज्यालो नेपालको हुने भन्दै उनले सडकबाट देशलाई समृद्धि तर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे । नयाँ सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको खवरदारी गर्दै अघि बढ्ने  भन्दै घिसिङले प्रतिनिधिसभा निर्वाचनमा देशैभरिबाट उम्मेदवारी दिएर पनि जित्न नसक्दा पनि हारेर पनि जितेको महसुस गरेको उल्लेख गरे ।

देशमा स्थायित्वको लागि भएको निर्वाचनमा जनताले एउटा दललाई करिब दुई तिहाईको मत दिनु महत्वपूर्ण बिषय भएको भन्दै घिसिङले गाँउ टोलसम्म संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने जानकारी दिए ।