इनिशा विक प्रकरण: प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of इनिशा विक प्रकरण: प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो

काठमाडौ । सुर्खेतमा गत फागुन २३ गते मृत फेला परेकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार अनुसन्धान पूरा गरी प्रतिवेदन पेश गरेको हो। घटनामा संलग्न भएको आशंकामा एक १६ वर्षीय किशोर र अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरी प्रमुख सुधीरराज शाहीले प्रतिवेदन बुझाइएको जानकारी दिए, तर निष्कर्षबारे केही खुलाएका छैनन्। पिडित परिवार भने प्रतिवेदन सार्वजनिक नभएकाले शंका व्यक्त गर्दै आएका छन्। उनीहरूले दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

इनिशाको शव १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।