अमेरिकी विशेष दूतले दिए रवि लामिछानेलाई बधाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकी विशेष दूतले दिए रवि लामिछानेलाई बधाई

काठमाडौ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग टेलिफोन वार्ता गरेका छन्।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार गोरले हालै सम्पन्न निर्वाचनमा लामिछाने र रास्वपाको प्राप्त सफलताका लागि बधाई दिएका छन्। वार्तामा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा पनि छलफल भएको छ।

गोरले अमेरिकाले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको र दुई देशबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसैगरी, उनले दशकोंदेखि कायम मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि दिएका छन्।