रास्वपा बैठक भोली, संसदीय दलको नेता चयन हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपा बैठक भोली, संसदीय दलको नेता चयन हुने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार केन्द्रीय समिति र त्यसलगत्तै संसदीय दलको बैठक बस्ने भएको छ।

पार्टीले भोली दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। त्यसपछि दिउँसो ५ बजे संसदीय दलको बैठक बस्ने तयारी गरिएको छ। बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको छ। यसअघि बालेन्द्र शाह सँग भएको ७ बुँदे सहमतिअनुसार उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो।

पार्टीका नेताहरूका अनुसार उक्त सहमति पहिले नै केन्द्रीय समितिबाट अनुमोदन भइसकेको छ। त्यसैले अब संसदीय दलको बैठकले नै नेता चयन गर्नेछ। रवि लामिछाने नेतृत्वमा रहेको रास्वपाले अबको बैठकबाट महत्वपूर्ण राजनीतिक निर्णय लिने अपेक्षा गरिएको छ।