प्रतिनिधि सभामा निर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले लिए पद तथा गोपनीयताको शपथ

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधि सभामा निर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन सितल निवासमा आयोजित एक कार्यक्रमका विच जेष्ठ सदस्य केसीले राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई भोली पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।