सावित्रा भण्डारी ‘साम्बा’को सफल शल्यक्रिया

User Image Prime TV News १ हप्ता अगाडि
Image of सावित्रा भण्डारी ‘साम्बा’को सफल शल्यक्रिया

काठमाडौ । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ। उनले बुधबार सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी हुन्।

अकल्यान्ड, न्युजिल्यान्ड मा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया गरेको साम्बाले बताएकी छन्। उनका अनुसार शल्यक्रिया सफल भएपछि अब पुनर्स्थापनाको प्रक्रिया सुरु हुनेछ। उउनले भोलिदेखि चिकित्सकको निगरानीमा रिह्याब सुरु गर्ने र अवस्था सामान्य भएपछि एस्पेटारमा थप पुनर्स्थापनाको योजना रहेको उल्लेख गरिन्।

खाडी क्षेत्रमा अहिलेको अवस्थाका कारण कतार जान समस्या भएपछि न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले स्पष्ट पारिन्। साम्बाले वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय तथा आफ्नो क्लब प्रति सहयोगका लागि धन्यवाद दिएकी छन्।

अब आफू छिट्टै मैदानमा फर्किने लक्ष्यका साथ पुनर्स्थापनामा केन्द्रित हुने उनले बताएकी छन्।