सुन र चाँदीको मूल्य एकैदिन ह्वात्तै बढ्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुन र चाँदीको मूल्य एकैदिन ह्वात्तै बढ्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य एकैदिन उल्लेख्य रूपमा बढेको छ। केही दिनदेखि घट्दै आएको मूल्य आज भने एक्कासि उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १४ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार भने सुन २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ। साथै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम भएको छ। केही दिनको गिरावटपछि आज सुन र चाँदी दुवैको मूल्य बढेको देखिएको छ।