इरानलाई अमेरिकाको १५ बुँदे प्रस्ताव पठाइएको दाबी

User Image Prime TV News १ हप्ता अगाडि
Image of इरानलाई अमेरिकाको १५ बुँदे प्रस्ताव पठाइएको दाबी

काठमाडौ । संयुक्त राज्य अमेरिकाले इरानलाई सम्झौताका लागि १५ बुँदे प्रस्ताव पठाएको दाबी गरिएको छ। न्युर्क

Tन्युयोर्क टाइम्स, रोयटर्स र इजरायली मिडिया ‘च्यानल १२’ का अनुसार उक्त प्रस्ताव पाकिस्तान मार्फत पठाइएको हो। बिबिससीले भने यी दाबीहरू अज्ञात स्रोतमा आधारित रहेको जनाएको छ। बीबीसीका अनुसार उसले प्रस्तावको कागजात देखेको छैन र यसको पुष्टि हुन बाँकी छ।

समाचारमा उल्लेख भएअनुसार प्रस्तावमा दस्तावेजमा होर्मुज स्ट्रेट खुला राख्न र स्ट्रेटलाई मुक्त समुद्री क्षेत्र बनाउने विषय पनि समावेश गरिएको छ। यसअघि पाकिस्तानले द्वन्द्वरत पक्षहरूबीच शान्ति वार्ता गराउन तयार रहेको बताएको थियो। यो विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भएको छैन।