होर्मुज जलमार्गमा इरानको कडा नियम, ‘शत्रु’ जहाजलाई रोक्ने चेतावनी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । विश्वको महत्वपूर्ण तेल मार्ग स्ट्रेट अफ होर्मुज मा इरानले कडा नियम लागू गर्ने घोषणा गरेको छ। इरानले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन लाई पत्र पठाउँदै ‘गैर-शत्रु’ जहाजलाई मात्र यो मार्ग प्रयोग गर्न दिने जनाएको छ।
इरानका अनुसार, उसका नियम पालना गर्ने र उसविरुद्ध सैन्य गतिविधिमा संलग्न नभएका जहाजले मात्र आवतजावत गर्न पाउनेछन्। तर अमेरिका र इजरायल सँग सम्बन्धित जहाजलाई भने प्रवेश नदिने चेतावनी दिइएको छ।
इरान–अमेरिका–इजरायलबीच बढ्दो तनावका कारण यो जलमार्ग हुँदै हुने तेल र ग्यास ढुवानी प्रभावित भएको छ। विश्वको करिब २० प्रतिशत आपूर्ति यही बाटोबाट हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र मूल्य वृद्धि हुन थालेको छ।
इरानले आफ्नो सुरक्षा जोगाउन यस्तो निर्णय लिएको बताएको छ। अब यो मार्ग प्रयोग गर्न जहाजहरूले इरानी पक्षसँग अनुमति लिनुपर्नेछ।













