पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा टुंगो नलागेसम्म नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष

User Image Prime TV News १ हप्ता अगाडि
Image of पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा टुंगो नलागेसम्म नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष

काठमाडौ । नेपाली कांग्रेसभित्रको विवाद अझै समाधान नभएको अवस्थामा पार्टीभित्र महाधिवेशनको विषयमा मतभेद देखिएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा टुंगो नलागेसम्म नियमित महाधिवेशन गर्न नहुने बताएको छ। सो मुद्दा अहिले सर्वोच्च अदालत मा विचाराधीन छ। मंगलबार विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले असहमति जनाएको हो।

सो पक्षका नेता श्यामकुमार घिमिरेले अदालतको फैसला नआएसम्म महाधिवेशनमा जान नहुने स्पष्ट पारे। उनले अदालतको निर्णयपछि जुन पक्षले आधिकारिकता पाए पनि महाधिवेशन गरेर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे। साथै, कांग्रेसका दुवै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

घिमिरेले सर्वोच्च अदालतलाई उक्त मुद्दामा छिटो निर्णय गर्न आग्रह गर्दै ढिलाइ हुँदा जनविश्वास कमजोर हुन सक्ने बताए। उनले शेरबहादुर देउवा लाई बेवास्ता गरेर अघि बढ्दा पार्टीले चुनावमा नराम्रो हार व्यहोरेको दाबी पनि गरे।