कांग्रेसले पुष्पा भुसालको संयोजकत्वमा संविधान संशोधन अध्ययन समिति गठन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले यस्तो प्रस्ताव राखेका थिए। प्रस्तावमाथि छलफलपछि उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको हो।
समिति ७ सदस्यीय रहनेछ। यसमा पार्टीका २ जना केन्द्रीय सदस्य र ४ जना विज्ञ रहने जनाइएको छ। समितिले संविधान संशोधन वा परिमार्जन आवश्यक भएका विषयहरू पहिचान गर्नेछ। साथै, यसले संसदभित्र र बाहिर रहेका राजनीतिक दल तथा सरोकारवालासँग छलफल गरेर सुझाव संकलन गर्नेछ।
नेपाली कांग्रेसले संविधानका विभिन्न पक्षमा सुधार आवश्यक भएको भन्दै अध्ययनपछि आवश्यक कदम चाल्ने तयारी गरेको जनाएको छ ।







