श्रम संस्कृति पार्टी सरकारमा जाँदैनः हर्क साम्पाङ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन्।
उनले काठमाडौंमा पत्रकारसँग कुरा गर्दै भने, “जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएको छ। त्यसअनुसार हामी काम गर्नेछौँ।” यसअर्थ, पार्टी सरकारले चाहे पनि मन्त्री पदमा सहभागी हुने छैन।
साथै उनले राम्रो काम गर्ने पक्षमा पार्टीको सधैं सहयोग रहने र नराम्रो कामको विरोध गर्ने बताए। उनले रास्वपा सरकारमा रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने कुरा पनि दोहोर्याए। हर्क साम्पाङले प्रतिपक्षले उठाएका प्रश्नको उत्तर समयमै दिन सक्ने व्यक्ति मात्र प्रधानमन्त्री हुनुपर्ने बताए।
चुनावअघि आफू प्रधानमन्त्री बन्ने कुरा गरेको विषयमा उनले भने, “जनताले मत दिएनन्, त्यसैले मेरो बोलीले प्रधानमन्त्री हुने कुरा भएन। हामी जनता भन्दा माथि छैनौँ।”












