नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ८३ करोड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली सेयर बजार मंगलबार उच्च अंकले बढेको छ।
आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २,९६०.४० विन्दुमा पुगेको छ। आज बजारमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रह्यो। सेन्सेटिभ इन्डेक्स १.९७ अंकले बढेर ५०७ विन्दुमा पुगेको छ।
आज १३ वटा उपसूचकमध्ये ८ वटाको मूल्य बढेको र ५ वटाको घटेको देखिएको छ। आजको कारोबारमा ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १२६ हजार ९४७ पटक खरिद-बिक्री हुँदा १४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यसमा ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको थियो।












